काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान निर्माण गरेर अगाडि बढि सकेको बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा केही नविग्रिएको भन्दै राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा अगाडि बढेको बताए ।
उनले भने, ‘नेपालमा केही विग्रिएको छैन्, हाम्रो देश ढलेको छैन्, जुरुक्कै उठेको छ, भूकम्पपछि हाम्रो सम्पदाहरु जस्ताको त्यस्तै उठेका छन् । हाम्रा स्कुल, स्वास्थ्य संस्था सबै उठेका छन् । कोभिडको कारण अर्थतन्त्र कमजोर भयो अब त्यो पनि विस्तारै चलाएमान हुने दिशामा छ । राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान निर्माण गरेर अगाडि बढि सकेको अवस्था छ ।’
यस्तै, उनले देशमा भएको स्रोतलाई प्रयोग गर्न सक्ने खुबि बाहिर ल्याउने हो भने देश समृद्ध हुने पनि बताए ।
उनले भने, ‘हामी कुनै युद्ध र भोकमरि भोगि रहेका छैनौ । हामी कसैको शत्रु छैनौ त्यसकारण हाम्रो देशलाई समृद्धिको बाटोमा लान्छौ, यो देशको भविष्य छ । देशमा भएको स्रोतलाई प्रयोग गर्न सक्ने खुबि बाहिर ल्याउने हो भने हाम्रो देश समृद्ध हुन्छ ।’
प्रतिक्रिया