Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८२ असार ५ गते, बिहीवार, १९ जुन २०२५। आषाढ कृष्णपक्ष अष्टमी तिथि, ८ः४० बजेपछि नवमी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन।

मेष
खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

वृष
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ।

मिथुन
विभिन्न अवसर प्राप्त हुनेछन्। तर पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ। ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ। तर एउटै सत्प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

कर्कट
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

सिंह
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्।

कन्या
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला।

तुला
रोकिएका काम पुनस् प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ।

वृश्चिक
परिस्थितिवश चिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्।

धनु
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्।

मकर
जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही संघर्ष गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा केही समस्या आउनेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ।

कुम्भ
आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ।

मीन
लाभ उठाउन धेरै मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : ४६ बजे