Logo

कोशी

विराटनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु



विराटनगर । मोरङको विराटनगरमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–३ स्थित पञ्चेश्वर मन्दिरअगाडि दिउँसो करिब २:३० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा सुन्दरहरैँचा नगरपालिका–१२ का ४८ वर्षीय सुशील बजगाईंको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बजगाईंलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। स्कुटर चालक २० वर्षीय प्रितम बजगाईं भने सामान्य घाइते भएका छन्। उनी मृतक सुशील बजगाईंका छोरा हुन्।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक मोरङको कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ३० बजे