काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन २१ देखि २५ सम्म काठमाडौंमा आयोजना हुँदैछ । एक्स्पोको तयारी स्वरुप नाइमाले सोमबार ति ब्राण्डहरुका लागि स्टल बाँडफाँडको कार्य सम्पन्न गरेको छ ।
जसमा चारपांग्रे र दुईपांग्रेगरी विभिन्न ५० ब्राण्डहरुले उत्साहजनक सहभागिता जनाउँदैछन् । नाइमाका अनुसार नयाँ र पुराना गरि ५० वटा ब्रान्डले शोमा सहभागिता जनाउन लागेका छन् ।
प्यासेन्जर गाडीमा बिवाइडी, सिट्रोन, फोर्थिङ, जीडब्लूएम, भोल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोड़ा एण्ड जेको, प्युजो, प्रोटोन, रेनोल्ट, टोयोटा, फक्सवागन र जिकर रहेका छन् ।
यस्तै, दुई पाङ्ग्रे गाडीमा एम्पेयर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबुट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभोइलेटी, याडिया र जिहो रहेका छन् । लाइट कमर्सियलमा चेरी वाङ्दा, डोडफेड, फरीजोन, हावजी, कामा, क्यारी, किडलड़ र सुनलड़ रहेका छन् ।
नेपालका प्रमुख अटोमोबाइल उद्योगका ब्राण्डहरुबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले आफुहरु अत्यन्तै हर्षित र उत्साहित भएको भन्दै स्टल बुकिङको कार्य सकिए पश्चात अब प्रदर्शनी तर्फ नाइमाको ध्यान केन्द्रित भएको अध्यक्ष रितु सिंह बैद्यले बताईन् ।
यस एक्स्पोले परम्परागत प्रदर्शनीहरुको ढाँचामा नविनता थप्नुका साथै बजारमा उपभोक्ता र अटोमोबाईल व्यवसायीहरुलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढंगले प्रस्तुत गर्ने अवसर पाउने बताइएको छ । प्रदर्शनीको सम्पुर्ण व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालीलले गर्ने नाइमाले जनाएको छ ।
प्रतिक्रिया