Logo

मुख्य समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि, आज रातिदेखि लागू



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाइएको हो।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ। मूल्य समायोजनसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १४५ रुपैयाँ कायम भएको छ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको परिवर्तनलाई मूल्यवृद्धिको कारण देखाएको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : २६ बजे