Logo

मुख्य समाचार

निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश



काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेश गरिएको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले उक्त प्रतिवेदनमा संसद्‌मा पेश गरेका हुन् ।

प्रतिनिधिसभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।  समितिले समितिमा पेश गरेको प्रतिवेदनको नाम ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ राखेको छ ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ३९ बजे