Logo

समाचार

फरार तीन प्रतिवादी विभिन्न स्थानबाट पक्राउ



काठमाडौं । करिब रु ३९ लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर, चेक अनादर र ठगीसम्बन्धी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

ललितपुरको ठेचोबाट पक्राउ परेकी मुना खातुन श्रेष्ठ काठमाडौंको बुढानिलकण्ठ–१० भंगालकी बासिन्दा हुन्। उनीमाथि रु १६ लाख बिगो भएको बैंकिङ कसुरको मुद्दा थियो।

त्यस्तै, भारतको कोलकत्ताबाट काठमाडौंको कपन बसोबास गर्दै आएका मोहमद अलि लाई रु ११ लाख बराबरको ठगी मुद्दामा फरार रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

त्यसैगरी, अर्जुन थापा काठमाडौं बत्तीसपुतली बस्दै आएका र सर्लाहीको ईश्वरापुर नगरपालिका–९ घर बताउने व्यक्ति हुन्। उनलाई रु १२ लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर र चेक अनादर मुद्दामा पक्राउ गरिएको छ।

तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४८ बजे