Logo

समाचार

हेवा खोलामा निर्माणाधिन बेलिब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग



काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्माण गर्न छिटो पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरुमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपाली पनि मनसुनको सिजन आउँदैछ । सरकारले अन्तिम चरणमा पु¥याएको पुल फेरि भत्किएको छ । यसबाट स्थानीयको साथै पर्यटकहरुलाई पनि प्रभाव परेको छ । उक्त पुल पुन निर्माणको लागि छिटो पहल गर्नुपर्छ ।’

उनले उक्त दुर्घटनामा त्यहाँ काम गर्ने मजदुरहरुको मृत्यु भएको भन्दै उनीहरुप्रति भावपुर्ण श्रद्धान्जली पनि व्यक्त गरेका छन्  ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५२ बजे