इजरायल । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ । आइतबार बिहान उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको छ भने तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको छ ।
यसअघि शनिबार राति पनि एक २० वर्षीया महिलाको ज्यान गएको थियो। सोही क्षेत्रमा २० जना घाइते भएका छन्। यसै गरी जुडेयन फुटहिलमा पनि २४ जना घाइते भएका छन् । इरानको क्षेप्यास्त्र आक्रमणले मध्य र उत्तरी इजरायलमा व्यापक विनाश निम्त्याएको छ ।
इजरायली सेना र राष्ट्रिय आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानले शुक्रबार राति दुई ठूला ब्यारेजहरूमा लगभग १०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो जसले मध्य र उत्तरी इजरायलका भवनहरू र सुविधाहरूमा उल्लेखनीय क्षति पु¥याएको थियो, ४१ जना घाइते भएका थिए ।
इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै केही समय अगाडि मात्र आणविक संरचनामा हमला गरेको जनाएको छ।
इरानले पनि भर्खरै इजरायलको अर्को आक्रमण गरेको जनाएको छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले त्यहाँका सम्पूर्ण बासिन्दालाई लगातार इरानले आक्रमण गरेका कारण होम ग्राउन्ड कमान्डको निर्देशन अनुसार चल्न भनेको छ।
प्रतिक्रिया