काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामासंसदको क्यालेन्डरलगायतका विषयमा छलफल हुनेछन् ।
प्रतिनिधिसभामा प्रतिपक्ष दलहरुले अवरोधको कारण बजेटमाथिको छलफद अघि बढ्न सकिरहेको छैन । यसबारेमा पनि सभामुखले नियमित छलफल चलाइरहेका छन् ।
प्रतिक्रिया