Logo

मुख्य समाचार

एशियन पेन्ट्सको ‘कलर नेक्सट २०२५’ को रुपमा ‘कार्डिनल’ घोषणा



काठमाडौं । एशियन पेन्ट्स नेपालले सफलतापूर्वक ‘कलर नेक्सट २०२५’ सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले वर्ष २०२५ को ‘रङ’ को रूपमा ‘कार्डिनल’ घोषणा गरेको हो ।

कलर नेक्स्ट, एशियन पेन्ट्सद्वारा हरेक वर्ष गरिने व्यापक अभ्यास हो । “कलर अफ द इयर” को रुपमा “कार्डिनल” ले नेपालमा डिजाइन, नवीनता र रचनात्मक संवादमा एशियन पेन्ट्सको नेतृत्व र प्रतिबद्धता झल्काउने विश्वास कम्पनीले लिएको छ ।

विश्वव्यापी रूपमा रङ र फिनिशिङमा अग्रणी सोच निर्माण गर्ने एशियन पेन्ट्सले सन् २००३ देखि प्रवृति पूर्वानुमानको क्षेत्रमा काम गर्दै आएको छ । जसमा मानव व्यवहारमा प्रभाव पार्ने विश्वव्यापी सामाजिक–सांस्कृतिक प्रबिधिहरूको अध्ययन गरिन्छ र त्यसलाई कलर, मटेरियल र टेकस्चरको नयाँ डिजाइन दिशामा रुपान्तरण गरिन्छ ।

यस प्रक्रियामा उद्योगसँगको अन्तरक्रिया, सांस्कृतिक विज्ञहरूसँग कार्यशाला, र व्यापक अनुसन्धान समावेश हुन्छ, जसले डिजाइन र डेकोर उद्योगका लागि महत्वपूर्ण अन्तर्दृष्टिहरू प्रदान गर्दछ । कार्यक्रममा एशियन पेन्ट्सकी प्रिन्सिपल स्पेसलिस्ट मरीशा रेगो डीसुजाले सन् २०२५ का लागि तीन प्रमुख डिजाइन प्रवृतिहरु सार्वजनिक गरेकी थिईन् ।

जसमा साल्ट, फिल मोर र ब्याड टेस्ट रहेका थिए । “कलर नेक्सट २०२५” मार्फत, एशियन पेन्ट्स नेपालले फेरि एकपटक सृजनात्मक अभिव्यक्तिको उत्प्रेरक, डिजाइन संवादमा अगुवाइका साथ सजावट र घरको सौन्दर्यका लागि समग्र समाधान प्रदान गर्ने ब्रान्ड को रूपमा आफ्नो स्थान मजबुत पारेको डीसुजाले बताईन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : २८ बजे