Logo

Breaking News 1

दुईवटा संसदीय समितिको बैठक बस्दै, सर्वोच्च अदालतका न्यायाधिश र न्याय परिषद्को सुनुवाइ प्रारम्भ गरिने



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ ।

शनिबार बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिदैछ ।

यसैगरी दिनको २ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । उपसचिव सावित्रा शर्माका अनुसार आजको बैठकमा सर्वोच्च अदालतका न्यायाधिश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ गरिनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ७ : ३७ बजे