काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।
रास्वपा र राप्रपाका सांसदहरूले संसदमै नाराबाजी गरिरहँदा पनि संसदलाई सभामुखले एकहोरो अगाडि बढाएका छन् ।
सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।
पाण्डेले बोल्दैगर्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे । यद्यपि पाण्डेले आफ्ना कुरा राखिरहे ।
लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्दा भने रास्वपाले अवरोध गरेन । तर मनिष झा बोलिसकेपछि रास्वपाका सांसद उठेरै ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरिरहेका छन् तर अहिले गृहमन्त्री रोष्ट्रममा गएर सम्बोधन गरिरहेका छन् ।
प्रतिक्रिया