Logo

समाचार

विद्युत प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य


३० जेष्ठ २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताए ।

उनले प्राधिकरणलाई अहिले अगाडि बढ्नुपर्ने बाध्यात्मक आवश्यकता रहेको बताए ।  अहिले ३ हजार ५ सय मेगावाट उत्पादनलाई समेत व्यवस्थित गर्न नसकिएको अवस्थामा सरकारले लिएको २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न धेरै चुनौति रहेको उनले बताए । अहिले विभिन्न कारण र कमजोर प्रशारण लाइनको कारण बेलाबेलामा ट्रिप भइरहेको उनले बताए ।

‘आज नेपाल विद्युत प्राधिकरण कठिन परिस्थितिमा छ । कठिन परिस्थिति यस अर्थमा होइन कि नेपाल विद्युत प्राधिकरण घाटामा छ । त्यो होइन । प्राधिकरण एउटा यस्तो बाटोको बीचमा उभिएको छ, जहाँ अगाडि बढ्न हामीलाई बाध्यात्मक अवस्था छ,’उनले भने ।

‘पछाडि २८ हजार ५ सय मेगावाट सरकारले तोकेको उन्नति प्रगतिको लक्ष्य छ । ३ हजार ५ सय मेगावाटको प्रशारण प्रणाली र वितरण प्रणालीलाई धान्न सकिरहेका छैनौं । हाम्रो प्रशारण प्रणाली कमजोर छ । ट्रिप भइरहेको छ । किन ट्रिप भइरहेको छ ? आज एउटा रुख ढल्यो, ट्रान्समिसन लाइन ट्रिप भयो । सिस्टम ट्रिप भइरहेको छ । हाम्रो आर्थिक अवस्था र हामीले त्यसमा पर्याप्त लगानी गर्न सकेनौं । विगतमा जति गर्यौं, त्यसले पुगेन,’उनले भने ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ४ : ०५ बजे