Logo

Breaking News 1

यी प्रदेशहरुमा मनसुनी वायुको प्रभाव, भारी बर्षाको पनि सम्भावना


३० जेष्ठ २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू—भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ७ : ५० बजे