Logo

गण्डकी प्रदेश

गण्डकी कोटिहोममा कथा बाचकपछि चर्चामा छन् दुई उदघोषक



पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा  उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्रमुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष भारद्वाज र दीप काफ्ले ।

हुन पनि यी दुई भाइको कार्यक्रम सञ्चालन गर्ने क्षमता अद्भुत छ जसका कारण भक्तजन आनन्दित हुने गरेका छन् । उनीहरू कार्यक्रम उदघा्षणसँगै कोटिहोममा आउने सबै उमेर समूहका भक्तजनसँग घुलमिल हुने क्षमता पनि उत्तिकै छ र त भक्तजनको माया पाएका छन् ।

कोटिहोममा यी दुई भाइले लगातार कार्यक्रम उदघोषण गरिरहेका छन् । बिहानको समयमा दीप काफ्ले र मध्यान्हको समय पछि कोष भारद्वाज । लगातार कार्यक्रम उदघोषण गर्दैगर्दा पनि उनीहरूको स्वरमा कुनै समस्या छैन ।

उनीहरूको स्वर जब कोटिहोममा गुञ्जायमान हुन थाल्छ तब पोखरामा जारी कोटिहोमले थप रौनकता पाउँछ । कोटिहोम दर्शन गर्न आउने भक्तजन दुई जनाको उदघोषण गर्ने शैलीको खुलेर तारिफ गर्ने गरेका छन् ।

सल्यान जिल्लाको साबिक काल्चे गाविस हात्तिदमारमा जन्म भई हाल बाँके जिल्लाको कोहलपुर नगरपालिका वाड न १३ मा स्थायी बसोबास गरी उदघोषण कलालाई जीवनको मेरुदण्ड बनाइएका सु–प्रसिद्ध उदघोषक कोष भारद्वाज अध्यात्म क्षेत्रको एक सशक्त र कर्मनिष्ठ नामको रूपमा आफूलाई परिचित गराएका छन् ।

२०६८ सालबाट रेडियो कोहलपुर एफएमबाट उदघोषण सुरु गरेका भारद्वाज विभिन्न अद्यौगिक व्यापार मेला, धार्मिक तथा शैक्षिक महोत्सवमा कार्यक्रम सञ्चालन गरी आफूलाई अब्बल बनाएका छन् । उनको जादुमय वाक्पटुताले सबैको मन छोएको छ ।

भारद्वाजले वैदिक सनातन धर्म जागरणमा महत्त्वपूर्ण योगदान पुर¥याउदै आएका छन्  । उनको वाकपटुताले योगदानको कदर गर्दे धेरै धार्मिक तथा अन्य संघ संस्थाबाट सम्मान पाइसकेका छन् ।

भारद्वाजको विहीबार (आज) जन्म दिन पनि रहेको छ । उनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले माला लगाई जन्मदिनको शुभकामना दिएका थिए ।

यस्तै नवलपुरको कावासोती नगरपालिका –६ मा धार्मिक सामाजिक परिवेशमा जन्मे हुर्केका दीप काफ्लेको साङ्गीतिक यात्रा भजनबाट नै प्रारम्भ भएको हो । गाउँ घरमा भजन गाउने र अभिनय गर्ने विभिन्न प्रतियोगितामा सहभागी भएर धेरै ठाउँमा विजेता समेत भए ।

बिस्तारै भजनमा हिंड्न थाले  जसले गर्दा अखण्ड भजन लोक चुड्का गाउँदै उनले आफूलाई सशक्त बनाउँदै लगे । यसैको फलस्वरूप उनी अहिले सफल उद्घोषकको उपमा पाएका छन् ।

आफूलाई साङ्गीतिक क्षेत्रमा पनि अगाडि बढाइरहेका उनी गाउँको दुर्गा मन्दिरमा हरेक वर्ष हुने  भागवतमा होस वा दसैँको बेला हुने देखाइने देवी लीलाका झाँकीमा सहभागिता रहन्छ ।  गाउँमा बुढा पाकाले भजन गाउने अनि झाँकी लीला देखाउने कार्यमा पनि दीप सरिक हुन्छन् । जसका कारण उनी सबैको लोकप्रिय बन्दै गएका छन् ।

ठूलठूला धार्मिक महोत्सवमा भागवत, धनधान्यान्चलमा गायन अभिनय, कार्यक्रम सञ्चालन गर्दै देशका धेरै जिल्लासँग प्रत्यक्ष साक्षात्कार गर्ने उनले अवसर पाएका छन् । उनी हार्मोनियम, मादल, खैजेडी, मजुरा जस्ता बाध्य बाजन बजाउन माहिर छन् ।

भजन गाउँदा गाउँदै उनको रुचि मोडलिङतर्फ मोडियो र उनै दीपले एक दर्जन जति म्युजिक भिडियो समेत गरेका छन् । अग्लो उचाइ, मुहारमा झ्वाम्म दारीमा देखिने दीप शालीनता र आफ्नो मुस्कानसहितको प्रस्तुतिमा जब पोखरको कोटिहोममा आधे आधे होइन के आम राधे राधे भन्दै गर्दा कोटिहममा सहभागी भक्तजन जोडले भन्छन् राधे राधे । कलाकारितासँगै विभिन्न सामाजिक कार्यमा समेत सहभागी हुने गरेका दीप धेरै ठाउँमा सम्मान पाइसकेका छन् ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले पनि यी दुई भाइलाई खुलेरै तारिफ गर्ने गरेका छन् । दुई महिना लामो उद्घोषणको जिम्मा लिएका यी दुई भाइको चर्चा चलेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ५ : ०० बजे