Logo

अर्थ

१ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढ़ेको हो ।

महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १२ : ५१ बजे