काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा एमालेमा पार्टी अध्यक्षको विकल्प खोज्न केपी शर्मा ओलीले मात्र सक्ने बताएका छन् ।
पूर्व राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चूनौति दिने भनि गरिएको प्रचारबाजी हास्यास्पद भएको तर्क गरेका छन् ।
बस्नेतले भनेका छन्,‘नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो लोकप्रियताको ग्राफ चेक गरेका छन् । पछिल्लो समय पार्टीभित्र र सिंगो मुलुकमै आफ्नो नेगेटिभ क्रेजप्रति उनी राम्रोसँग जानकार छन् । यस अर्थमा उनले वर्तमान अवस्थामा आफ्नो विकल्प खोज्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेको र सबैभन्दा उपयुक्त पात्रका रुपमा पूर्व राष्ट्रपति भण्डारीलाई रोजेको देखिन्छ ।’
उनले थपे, ‘तर यही कुरा उनले बडो चलाखीपूर्ण र घुमाउरो तरिकाले पुरा गर्न खोज्दैछन् । कपितयले विद्या भण्डारीेले एमालेका अध्यक्ष ओलीलाई चूनौति दिन खोजेको रुपमा अर्थ लगाएका छन् भने स्वयं भण्डारी र ओलीका कतिपय अभिव्यक्तिले पनि त्यसलाई पुष्टि गर्न खोजेको भान हुन्छ । तर यथार्थ त्यसो हैन ।’
भण्डारीले ओलीलाई चूनौति दिन लागेको भन्ने मिडियाबाजी हास्यास्पद रहेको उनले बताए । ‘एमालेमा अध्यक्ष केपी ओलीको विकल्प स्वयं केपी ओलीले मात्र खोज्न सक्छन् । विद्या भण्डारीले केपी ओलीलाई चूनौति दिन लागेको भन्ने नाटक, रोइलो र मिडियाबाजी कम हास्यास्पद छैन,’ उनले भने ।
प्रतिक्रिया