Logo

मुख्य समाचार

आज दुईवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ ।

बिहिबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ । दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७७ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको २९० औँ बैठक बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थासँग सम्बन्धि छलफल गरिनेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ७ : ४१ बजे