Logo

मुख्य समाचार

राससबाट तामाङ भाषामा समाचार प्रकाशन सेवा सुरु गर्न तामाङ पत्रकार संघको माग



काठमाडौं । तामाङ पत्रकार संघले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषमा समेत सामाचार प्रकाशन सेवा सुरु गर्न माग गरेको छ ।

संघले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । सिंहदरबार स्थीत मन्त्रालयमा पुगेर संघले ज्ञापन पत्र बुझाएको हो ।

संघले शिक्षा र सञ्चार क्षेत्रमा तामाङ भाषाको प्रयोग कम हुँदै गएको भन्दै राससले तामाङ भाषामा पनि समाचार प्रकाशन तथा प्रसारण सेवा दिनुपर्ने भन्ने माग गरेका हुन् ।

ज्ञापन पत्र बुझ्दै सञ्चार मन्त्री गुरुङले राससबाट तामाङ भाषाको समाचार सेवा सुरु गर्नुपर्ने माग पुरा हुन केही समय लागे पनि माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

हाल तामाङ भाषामा मासिक पत्रिका तामाङ डाजाङ नियमित प्रकाशित हुँदै आएको छ । नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रमा तामाङ भाषाका समाचार प्रसारण र प्रकाशन हुँदै आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ३ : ४४ बजे