काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् ।
बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत आज र भोली मै संसद खुल्ने धारणा राखेका हुन् ।
उनले गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहिन विषय भएको भन्दै एउटा कर्मचारीले गरेको कार्यमा सबै मन्त्रीले राजीनामा दिने स्थीति आउछ भने सरकार चलायमान हुन गाह्रो हुने बताए ।
‘अख्तियारले एउटा कर्मचारी माथी कारवाही सुरु गरेको हो । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिदै जाने हो भने देखि सरकार नै चल्दैन,’मन्त्री गुरुङले भने, ‘गृहमन्त्रीको राजीनामा आउदैन भनेर मैले त्यो बेला नै भनेको थिए । अहिले जसरी संसद अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेकोछ । अब आज भोलीमा सम्भवत संसद खुल्ने सम्भावना पनि छ ।’
गृहमन्त्रीले राजीनामा दिने कुरा नहुने बताउदै उनले संसदीय छानविन समिति के बनाउने र कसरी बनाउने भन्ने विषय महत्वपुर्ण रहेको बताए । ‘हाम्रो म्यान्डेड के हो भने मन्त्रीले ती सबै उठीरहेका प्रश्नहरुको विषयमा आफ्नो धारणा राख्ने, प्रतिपक्षले संसद खोलेर सहयोग गर्नुपर्छ,’ उनले भने ।
त्यस्तै, पत्रकार सम्मेलनमा समाजिक सञ्जालमा चर्चामा रहेको एमाले कार्यकर्ताको झोले अभियानबारे मन्त्री गुरुङले सकारात्मक धारणाले बुझिदिन अनुरोध गरे । जनताको भावना समेटेको झोला बोक्ने एमाले कार्यकर्ताले गर्व गर्नु पर्ने उनको तर्क छ ।
प्रतिक्रिया