काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको पाँचबुँदे प्रस्तावमा विपक्षी दलहरूले संयुक्त समर्थन जनाएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले प्रस्तावप्रति अपनत्व जनाउँदै सत्तापक्षसँग आधिकारिक धारणा माग गर्ने निर्णय गरेको हो।
बैठकमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन र हितराज पाण्डे, नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे, रास्वपाका सन्तोष परियार तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साह सहभागी थिए। विपक्षीहरू अब सत्तापक्षसँग औपचारिक रूपमा संवाद गर्ने तयारीमा छन्।
प्रतिक्रिया