काठमाडौं । अमेरिकामा ज्यान गुमाएका हिकारु गौतमको स्मृतिमा निमार्ण भएको हिकारु गौतम फाउडेशनले आज शसस्त्र प्रहरी बल विपद व्यवस्थापन महाशाखा हलचोकलाई गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
बुधबार सभामुख देवराज घिमिरेको उपस्थितिमा हिकारु गौतम फाउडेशनले गोताखोरका आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले युवा वर्ग कुनै न कुनै ढङगले बाहिर गइरहेका र नेपाल नफर्कने प्रवृति बढिरहेको बताए ।
उनले भने, ‘हामी नेपालीहरु नेपाललाई बनाउन लागिरहेका छौं । नेपाल बन्ने नै छ र नेपाल बन्न गाह्रो पनि छैन तर युवा वर्ग कुनै न कुनै ढङगले बाहिर गइरहेको छ । खासगरी मध्यम वर्गको परिवार निरन्तर बाहिर गईरहेको छ । बाहिर जानेहरु फर्किने भन्दा पनि उतै सेटल हुने प्रवृतिको विकास भएको छ ।’
उनले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेको र विपद् व्यवस्थापनको लागि सिमित मात्र स्रोत साधन रहेको बताए ।
प्रतिक्रिया