झापा । झापामा तीनजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शवहरू आज बिहान अर्जुनधारा नगरपालिका–४, बिर्तामोड नगरपालिका–२ र अर्जुनधारा–११ क्षेत्रबाट फेला परेका हुन्।
प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार अर्जुनधारा–४ मदनपुर जलाधर सडकखण्डमा फेला परेको शवको सनाखत हुन बाँकी छ। बिर्तामोड–२ फूलबारी टोलमा ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेका हुन्।
तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाका कारण र विस्तृत विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया