काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति ‘सहीछाप’ गीत सार्वजनिक भएको छ । डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्द रचना र देवेन्द्र बरालको संगीत रहेको छ । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् ।
पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ । भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् ।
लामो समय देखि अमेरिकामा चिकित्सक पेशामा रहेका डा. विनय र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् ।
यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरुलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाईएको थियो। ‘सहीछाप’ गीतलाई पनि यसअघिका कभर गीतहरु जस्तै दर्शकले मन पराउनेमा मुक्ता विस्वस्त रहेकी छिन ।
प्रतिक्रिया