Logo

विशेष

निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ : पत्रकार खेम भण्डारी



निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ । प्रमाणहरु अहिले पनि विद्यमान छन् । तर दूर्भाग्य के छ भने अनुसन्धान गर्ने मान्छेहरुको ध्यान नै त्यतातिर गएको देखिंदैन । त्यसकारण मुद्दा अहिलेलाई शिथिल मात्रै भएको हो । यस मुद्दालाई कुनैपनि हालतमा शिथिल हुन नदिन चौतर्फी रुपमा प्रयास भइरहेको छ ।

खेम भण्डारी

पत्रकार

निर्मला पन्तको मुद्दा कुनैपनि हालतमा शिथिल हुनेछैन्

निर्मला पन्त प्रकरणका बारेमा सबैलाई थाहा छ । मैंले यहाँ धेरै व्याख्या गरिराख्नुपर्ने केही छैन् । निर्मला प्रकरणको सबै कुरा एकदिन पर्दाफास हुन्छ । किनभने सर्वोच्च अदालतमा एउटा महत्वपूर्ण मुद्दा विचाराधिन छ । ठ्याक्कै रौतहटको इट्टाभट्टा जस्तो केस हो यो । मलाई लाग्छ सम्मानित सर्वोच्च अदालतले न्याय दिनेछ ।  निर्मला प्रकरणमा सफाइ पाएका प्रहरीहरुलाई पुनरावेदन नै नगर्ने भन्ने पत्र थियो । त्यो पत्रविरुद्ध मुद्दा विचाराधिन छ । समय लाग्छ तर यथार्थ बाहिर आउँछ ।

नेपालको न्यायपालिकाको अवस्था यस्तै छ । मुद्दाहरु फच्र्यौट हुन वर्षौं लाग्छ । तर निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ । प्रमाणहरु अहिले पनि विद्यमान छन् । तर दूर्भाग्य के भयो भने अनुसन्धान गर्ने मान्छेहरुको ध्यान नै गएको देखिँदैन । त्यसकारण मुद्दा अहिलेलाई शिथिल भएको मात्रै हो । यो मुद्दालाई कुनैपनि हालतमा शिथिल हुन नदिन चौतर्फी रुपमा प्रयास भइरहेको छ । चौतर्फी आक्रमण हुँदापनि मैंले यो मुद्दालाई जीवित राख्ने प्रयास गरिरहेको छु ।

मेरो पत्रकारिता जीवनको ३५ वर्ष पूरा भएको छ । ३५ वर्षमा पत्रकारिता प्रतिष्ठा बढाउने काम गरेको छु । ठूला–ठूला लडाइँहरु लडेको छु । हामी एजेण्डामा काम गर्ने पत्रकार हौं र निर्मला पन्त पनि मेरो लागि त्यही एजेण्डा हो । यो एजेण्डा मेरो. जीवनको सबैभन्दा ठूलो एजेण्डा हो । पत्रकारसँग स्रोत–साधन सबै भएकाले पत्रकारले अलि बढी आवाज उठाउन आवश्यक छ । हाम्रो आवाज नसुनिएला तर लडिरहनुपर्छ भन्ने लाग्छ ।

मेरो आफ्नो सवालमा कुरा गर्दा मेरो आफ्नै ठूलो जमात छ । म दुईचार हजार मानिस आउँदैमा डराउने व्यक्ति होइन् । निर्मला प्रकरणमा पनि मेराविरुद्ध ६ वटा मुद्दा परेका थिए तर पाँचवटा अदालतले खारेज गरेको छ । अब बाँकी कुरा जे भन्छु अदालतमा भन्छु । मैंले गरेका कामबाट नेपालको प्रतिष्ठा बढ्नेछ । महेन्द्रनगर जस्तो ठाँउमा बसेर ठूलो कुरा गरेकोजस्तो लाग्ला तर म नेपालको पहिलो व्यवसायिक पुस्ताको पत्रकार हुँ । गाँउगाँउमा पत्रकार जन्माएर बसेको मान्छे हुँ । त्यसैले मेरो हातबाट व्यवसाय भन्दा बढी काम नै हुँदैन । अहिलेको अदालतबाट जुन फैसला आएको छ त्यो व्यवसायिक रुपमा कानुनी रुपमा पनि कतै छोएको छौन । त्यसैले म जे बोल्छु उच्च अदालतमै बोल्छु ।(निर्मला पन्तको न्यायका लागि क्रियाशील बरिष्ठ पत्रकार खेम भण्डारीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ६ : ३८ बजे