Logo

समाचार

निर्मला प्रकरणबारे सुक्ष्म अनुसन्धान जारी छ : एसपी खत्री



कन्चनपुर । कन्चनपुरकी निर्मला पन्तको वलात्कारपछि भएको हत्याबारे सुक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक(एसपी) खड्क बहादुर खत्रीले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान जारी राखेको प्रतिक्रिया दिएका हुन् ।

‘निर्मला पन्तको घटना पूरानो हो । यद्यपी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर टीमले मिलेसम्म सुक्ष्म रुपमा अनुसन्धान गरिराखेकै छ,’ उनले भने ।

जटिल केसहरुको अध्ययन रोक्न नमिल्ने भएकाले अध्ययन र अनुसन्धान जारी रहेको एसपी खत्रीको भनाइ छ ।

‘यो लामो हदम्याद भएको मुद्दा पनि हो र यस्तो जटिल केसहरुलाई अनुसन्धान बीचमा नै रोक्ने कुरै भएन । त्यसैले पनि अनुसन्धान सुक्ष्म रुपमा भइरहेको छ ।’

घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर घटनाको अनुसन्धान गरेको थियो । तत्कालिन अवस्थामा दिलिपसिंह विष्टको डीएनए नमिलेपछि घटनाको अनुसन्धान पेचिलो बनेको थियो ।

निर्मलाको बलात्कार र हत्या प्रकरणमा झन्डै एक सय जनाको डीएनए परीक्षण गरिएपनि डीएनए म्याचिङ भएको थिएन् । त्यसपछिको अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ५ : २७ बजे