Logo

मुख्य समाचार

पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले नौं महिनामा ग¥यो एक अर्बको व्यापार



काठमाडौं । पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष (आव) को नौं महिनामा एक अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ ।

कम्पनीको क्रेडिट रेटिङ प्रतिबेदन अनुसार गत आवमा ४९ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको कम्पनीले चालु आवको ९ महिनामा करिब दोब्बर व्यापार गरेको देखाएको हो । कम्पनीले यसअघि सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

सन् २०२१ बाट नन स्टिम प्लान्ट मात्रै सञ्चालनमा ल्याई व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले सन् २०२४ बाट अर्को प्लान्ट सुरु गरेको थियो । कम्पनीले सन् २०२५ को नौं महिनाको अवधिमा एक अर्बभन्दा बढी चामलबाट मात्रै गरेको उल्लेख गरेको छ । बाँकी आम्दानी भुस, कनिका, ब्रान र सोना धानबाट गरेको कम्पनीले जनाएको छ ।

यो कम्पनी धानलाई चामलमा प्रशोधन गर्न अगस्ट ४, २०२१ मा स्थापना भएको एक निजी लिमिटेड कम्पनी हो । जसको प्लान्ट बारा, जिल्लाको कलैयामा छ । कम्पनीले मुख्यतया धान आयात गरेर चामलमा प्रशोधन गर्छ र यसको धेरै ब्रान्डहरू बेच्नु अघि ग्रेडिङ र ब्रान्डिङ गर्दछ ।

कम्पनीले आफ्ना ग्राहकहरूको लागि आफ्नै ब्रान्ड जस्तै मैजु, सुनचरी, हिमानी, सनराइज, डबल सूर्या मा विभिन्न ब्रान्डको चामल पनि उत्पादन गर्दै आएको छ ।

यस कम्पनीको प्लान्टको कुल स्थापित क्षमता प्रति घण्टा ८ मेट्रिक टन छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १२ : ५७ बजे