Logo

Breaking News 1

अब त आश मरिसक्यो : दुर्गादेवी पन्त



अझैपनि अपराधी पत्ता लगाइदिनुहोस् भनिरहेकी छु । तपाईहरुले अनुसन्धानकर्ताहरुलाई पनि सोधिदिनुहोला र कारवाही गराइदिनुहोला । घटना भइहाल्यो छोरी त फर्केर आउँदिनन् । तर पनि अपराधीलाई सजाय मिल्यो भने अलि सन्तुष्टि हुने थियो ।
दुर्गा देवी पन्त
निर्मला पन्तकी आमा

छोरी निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन् । पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्योहोला । तर खोइ केही थाहा छैन् । अब अनुसन्धान गर्छन् या गर्दैैनन् त्यो पनि थाहा छैन् । हिजोआज त यता आएर कसैले पनि सोधपुछ गरेका छैनन् । मलाई अब आशै मरिसक्यो । अहिलेसम्म कसैले पत्ता लगाएनन् र लगाउँछन् जस्तो पनि लाग्दैन् । पहिले अर्थात एकदुई वर्ष अगाडि त प्रहरीहरु आउँदै खोजी गर्दैछौं भन्थे । अहिले चाँही आएका नि छैन्न् । पत्ता लगाउँदैनन् जस्तो लाग्छ । आशा मरिसक्यो ।

कानुन पनि यस्तै रहेछ । गर्छु भन्दाभन्दै धेरै वर्ष वितिसक्यो । हिजोआज त अपराधी पत्ता लगाउन खोजी गरेको जस्तो नै लाग्दैन् । त्यसैले धेरै आशा गर्ने ठाउँ छैन् । धेरैतिरको दबाबपछि तत्काल सरकारले केही राहत दिएको थियो । पहिले नै सरकारले राहत दिएको हो । त्यही मात्रै हो, अहिले पाएको छैन् ।

अहिले स्वास्थ्य कार्यालय सहयोगीका रुपमा काम गरिरहेको छु । दिन काट्ने बाटो गरिरहेको छु । आफ्नो जीवन चलाउनलाई अरु केही काम छैन् । के गर्नु सानोतिनो काम गर्नैपर्यो । घट्ना भयो, माहोल बिग्रियो । एकदमै समस्या भयो । अनि सानो जागिर लगाइदिनु भनेका थियौं । त्यसपछि २०७६ सालदेखि काम गरिरहेको छु ।

अझैपनि अपराधी पत्ता लगाइदिनुहोस् भनिरहेकी छु । तपाईहरुले अनुसन्धानकर्ताहरुलाई पनि सोधिदिनुहोला र कारबाही गराइदिनुहोला । घटना भइहाल्यो छोरी त फर्केर आउँदिनन् तर पनि अपराधीलाई सजाय मिल्यो भने अलि सन्तुष्टि हुने थियो । –निर्मला पन्तकी आमा दुर्गादेवीसँग नेपाल न्यूज बैंकका लागि दुर्गा उपाध्ययले गरेको कुराकानीमा आधारित)

निर्मला प्रकरणबारे सुक्ष्म अनुसन्धान जारी छ : एसपी खत्री
कन्चनपुर । कन्चनपुरकी निर्मला पन्तको वलात्कारपछि भएको हत्याबारे सुक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक(एसपी) खड्क बहादुर खत्रीले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान जारी राखेको प्रतिक्रिया दिएका हुन् ।

‘निर्मला पन्तको घटना पूरानो हो । यद्यपी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर टीमले मिलेसम्म सुक्ष्म रुपमा अनुसन्धान गरिराखेकै छ,’ उनले भने । जटिल केसहरुको अध्ययन रोक्न नमिल्ने भएकाले अध्ययन र अनुसन्धान जारी रहेको एसपी खत्रीको भनाइ छ ।

‘यो लामो हदम्याद भएको मुद्दा पनि हो र यस्तो जटिल केसहरुलाई अनुसन्धान बीचमा नै रोक्ने कुरै भएन । त्यसैले पनि अनुसन्धान सुक्ष्म रुपमा भइरहेको छ ।’

घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर घटनाको अनुसन्धान गरेको थियो । तत्कालिन अवस्थामा दिलिपसिंह विष्टको डीएनए नमिलेपछि घटनाको अनुसन्धान पेचिलो बनेको थियो ।

निर्मलाको बलात्कार र हत्या प्रकरणमा झन्डै एक सय जनाको डीएनए परीक्षण गरिएपनि डीएनए म्याचिङ भएको थिएन् । त्यसपछिको अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १० : ४१ बजे