काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ भने बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया