काठमाडौं । एएफसी च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणमा घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्यि फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताएका छन् ।
प्रि कन्फ्रेसका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताएका छन् । लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै उनले भने, ‘मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ । त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गंभीरतापूर्वक लिएकाछौ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेकाछन् ।’
सोही क्रममा प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत गरेकाछन् । हंगकंगविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, हंगकंगविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ । संभवतः हामी बलियो टोली मैदानमा उतार्नेछौ ।
हंगकंगविरुद्धको खेलमा डिफेन्स सनिश श्रेष्ठ चोटिल अवस्थामा रहेकाछन् । प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोंगले लाओसविरुद्ध खेल्न सधै सकारात्मक रुपमा तयार रहेको बताए । उनले भने, ‘लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेकाछौ । पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु । त्यसैले पनि भोलीको खेलका लागि हामी शारिरीक र मानसिक रुपमा तयार रहेकाछौ ।’
साउदी अरबमा हुने च्याम्पियन्सीपका लागि जारी छनोट अन्तर्गत समूह एफको पहिलो चरणको खेलमा नेपाली टोलीले अवे अन्र्तगत बुधबार लाओससंग प्रतिस्पर्धा गर्दैछ । यसअघिका विभिन्न ६ वटा खेलमा नेपालले ४ वटामा जित र दुई वटामा बराबरी खेलेको छ ।
यद्धपी, लाओसको घरेलु मैदानमा नेपालले एकमा जित र एकमा बराबरी गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत नेपालले मलेशियासंग २ शुन्य र लाओसले भियतनामसंग ५ शुन्यको हार व्यहोरिसकेको छ ।
प्रतिक्रिया