Logo

समाचार

‘जलवायु अनुकुलन कार्यक्रममार्फत कृषि क्षेत्रका चुनौतीहरुको सामना गर्नुपर्छ’



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको वताए ।

नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा संचालित परियोजनाहरु मार्फत खाद्य र पोषण सुरक्षा ,दिगो प्राकृतिक स्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण, आपलकालीन अवस्थाको तयारी एंव ग्रामीण महिलाहरुको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।

मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रममार्फत कृषकसम्म सुरक्षित, पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुरयाउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए ।

उनले नेपालवाट उत्पादन हुने कृषि उत्पादनहरुको विभिन्न देशहरुमा निर्यातका लागि क्वारेन्टाइन क्षेत्रलगायत विषादी व्यवस्थापनका क्षेत्रहरुमा र कृषि वस्तुहरुको भौगोलिक संकेतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे ।

भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशहरुलाई समस्या पारेको उल्ल्ेख गर्दे जलवायु अनुकुलनका कार्यक्रमहरुमार्फत यस्ता चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताए ।

नेपालले कृषि क्षेत्रमा गरेको प्रगतिले सम्भावाना देखाएको र आगामी दिनमा  कृषिका नविन आयामहरुलाई अबलम्वन गर्दे जानुपर्नेमा जोड दिए ।

भेटवार्तामा एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु , मन्त्रालयका सहसचिव हरिवहादुर केसीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  २ : ४५ बजे