Logo

Breaking News 1

‘इदले नेपालीबीच सामाजिक एकता र सद्भाव विकास गर्न योगदान पुग्छ’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बकर ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको बताएका छन् । शनिबार बकर ईदको अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि हरेक पर्व राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए ।

उनले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले भने, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका छन् । हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ । मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।’

उनले आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ८ : ४४ बजे