Logo

मनोरञ्जन

‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा


२३ जेष्ठ २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपालकै प्रतिष्ठित मोडलिङ प्रतिस्पर्धा ‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतिस्पर्धाको औपचारिक घोषणा भएको हो ।

एमएस प्रोडकशनद्वारा आयोजित प्रतिस्पर्धा फेस अफ एसियाको लागि नेपालको आधिकारिक छनोट मञ्च हो । जुन एसियाको सबैभन्दा ठूलो मोडलिङ इभेन्टमध्ये एक हो ।

यस वर्षको संस्करणले नेपाली फेसन र प्रतिभा मञ्चमा नयाँ ऊर्जा ल्याउँदैछ । देशभरबाट सयौं आवेदनहरूमध्येबाट छानिएका ४० जना प्रतिस्पर्धीहरू अब १५ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् जहाँ तिनीहरूले रनवे, पर्सनालिटी डेभलपमेन्ट, कम्युनिकेसन स्किल्स र आत्मविश्वास अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिने छ ।

‘फेस अफ नेपाल २०२५’ का विजेताहरूले दक्षिण कोरियामा आयोजना हुने फेस अफ एसियामा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । यस मञ्चबाट थुप्रै नेपाली मोडलहरूले अन्तर्राष्ट्रिय मोडलिङ करियरको सुरुवात गरेका छन्

फेस अफ नेपाल केवल प्रतियोगिता मात्र होइन, दीर्घकालीन करियर विकासको मञ्च हो । सबै ४० जना फाइनलिस्टहरूले एमएस प्रोडकसनसँग एक वर्षको अफिसियल सहकार्य सम्झौता पाउनेछन् । यस सम्झौतामा उनीहरूले मोडलिङ, इन्फ्लुएन्सर मार्केटिङ र विभिन्न ब्रान्ड क्याम्पेनहरूमा संलग्न हुने अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ६ : ३९ बजे