Logo

मुख्य समाचार

काठमाडौंमा इनड्राइभको आधिकारिक कार्यालय उदघाटन


२३ जेष्ठ २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । नेपालको अग्रणी राइड हेलिड एप, इनड्राइभले काठमाडौँमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी कार्यालयको उद्घाटन गरिएको हो ।

नयाँ कार्यालयले चालक समूदायलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरुको लागि केन्द्रको रूपमा काम गर्ने इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले जानकारी दिइन् ।

नेपाल इनड्राइभको नयाँ कार्यालय स्थानीय चालक समुदायसँग निर्माण गरिरहेको बलियो साझेदारीको प्रतिविम्ब रहेको धारणा राखिन् ।

उनले भनिन्,‘नेपाल इनड्राइभको लागि एक प्रमुख बजार हो ।  यो नयाँ कार्यालय स्थानीय चालक समूदायसँग निर्माण गरिरहेको बलियो साझेदारीको प्रतिविम्ब हो । स्थानीयको सपोर्टमा लगानी गरेर र चालकहरुको कुरा सुनेर, साँच्चै मानिसहरूको लागि काम गर्ने प्लेटफर्म निर्माण गरेका छौं । कार्यालयको प्लेटफर्मलाई शक्ति दिने चालकहरूप्रति हाम्रो गहिरो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । हामी काठमाडौंमा हामो कार्यालय खोल्न पाउँदा गर्व गछौं ।’

उनले थप भनिन्,‘नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरु सञ्चालन गरिनेछ जसले चालकहरुलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक जान र जानकारीहरु प्रदान गर्नेछ । थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टोली सदस्यसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् । यो बलियो सम्बन्ध र पारस्परिक विश्वास निर्माण गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो ।’

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ४ : १० बजे