Logo

मुख्य समाचार

प्लास्टिकको असरबारेको ज्ञान व्यवहारमा उतार्न जरुरी छ : सभामुख


२३ जेष्ठ २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन् ।

शुक्रबार डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले प्लास्टिकको प्रयोग नियन्त्रण गर्न व्यवहारिक रुपमा जानुपर्ने बताएका हुन् ।

‘हाम्रो व्यहारमा ज्ञानको अभावमा काम नहुने तर ज्ञान भएपनि काममा नउतार्ने परिपाटी छ । प्लास्टिकले पार्ने असरमा समाजमा ज्ञान प्राप्त हुदैँ आएको छ । तर त्यसलाई न्यून गर्न वा नियन्त्रण गर्नुपर्छ भन्ने व्यवहारीकरुपमा जाने कुराको अभाव छ,’ उनले भने ।

उनले प्लास्टिक नियन्त्रणका लागि ऐन, कानून मात्र नभई कार्यान्वयका उपाय खोज्नुपर्ने बताए ।

उनले भने,‘यसको मनिटरिङ कसरी गर्ने, कसले गर्ने, कार्यान्वयनमा जानको लागि कुन तहबाट ऐन, कानून, विधी बनाउने मात्र नभई कार्यान्वयन नहुँदा नियन्त्रणको लागि उपायहरु खोज्नुपर्ने अवस्था छ ।’

यसैगरी निवर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आफ्नो विगत सम्झदै इन्जिनियर्स संस्थासँग रहेर प्राविधिक काम गर्न पाउँदा खुशी लागेको बताए । उनले डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सवलाई शुभकामना दिंदै भविश्यमा राष्ट्र निर्माण गर्नको लागि योगदान दिइरहेको बताए ।

कार्यक्रममा वागमती प्रदेश सरकारका योजना आयोगका पूर्वउपाध्यक्ष एवम प्रदेश सांसद डा.दिनेशचन्द्र देवकोटाले नेपालको आर्थिक, सामाजिक रुपान्तरण गर्न  डिप्लोमा इन्जिनियर्स एसोसिएसनको भूमिका महत्वपूर्ण रहेको औंल्याए । ‘डिप्लोमा इन्जिनियर्स एसोसिएसनमा करिब ३० हजारभन्दा बढि सदस्य आवद्ध भएर काम गरिरहेका छन् । नेपालको आर्थिक सामाजिक रुपान्तरण गर्ने काममा यो संगठनको महत्वपूर्ण भूमिका छ,’ उनले भने ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १ : ०९ बजे