Logo

खेलकुद

जोर्डन र उज्बेकिस्तान पहिलोपटक फिफा विश्वकपमा छनोट


२३ जेष्ठ २०८२, शुक्रबार  

253
Shares

काठमाडौं । एसियाली मुलुक जोर्डन र उज्बेकिस्तानले पहिलोपटक फिफा विश्वकपमा स्थान बनाएका छन्। बिहीबार सम्पन्न छनोट खेलमा प्रभावशाली प्रदर्शन गर्दै दुबै टोलीले आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप फुटबलका लागि स्थान सुरक्षित गरेका हुन्।

बिहीबार जोर्डनले ओमानविरुद्ध ३–० को स्पष्ट जित निकाल्दै ऐतिहासिक रूपमा विश्वकपमा प्रवेश गरेको हो। अर्कोतर्फ उज्बेकिस्तानले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग गोलरहित बराबरी खेलेपछि आवश्यक अंक जोड्दै विश्वकप यात्रा तय गर्‍यो।

यससँगै उज्बेकिस्तान फिफा विश्वकप खेल्ने ८१औँ र जोर्डन ८२औँ राष्ट्र बनेका छन्। दक्षिण कोरियाले पनि बिहीबार इराकलाई २–० ले हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।

हालसम्म आयोजक अमेरिका, मेक्सिको, क्यानडा सहित साविक विजेता अर्जेन्टिना, जापान, न्युजिल्यान्ड, इरान र दक्षिण कोरियाले विश्वकपमा स्थान सुनिश्चित गरेका छन्। पछिल्लो सफलतासँगै छनोट टुंग्याउने राष्ट्रको संख्या १० पुगेको छ।

विश्वकप २०२६ का लागि टोली छनोट प्रक्रिया जारी छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १२ : २५ बजे