Logo

मुख्य समाचार

आज चार संसदीय समितिका बैठक बस्दै


२३ जेष्ठ २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । शुक्रबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन् ।

यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

बिहान साढे ८ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ । बैठकमा मिति २०८२÷४÷२ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरु सहभागि रहने सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिनेछ ।

यसैगरी बिहान साढे ८ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता माननीयहरुसँग छलफलल गरिने कार्यसूची रहेको छ । 

सार्वजनिक लेखा समितिको ४३ औं बैठक बिहान साढे १० बजे बस्ने भएको  छ । बैठकमा २३औं वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गरिने कार्यसूची रहेको छ ।

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७३ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ७ : ४७ बजे