Logo

मौसम

आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना


२३ जेष्ठ २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू—भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वको अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती भने कोशी प्रदेशलगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ७ : २२ बजे