काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगा स्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ।
इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको पाँचौँ तथा छैटौँ किस्ता भुक्तानी स्वीकृत गरिदिने बहानामा सेवाग्राहीसँग क्रमशः २०८१ साल फागुन ८ गते रु. १,००,००० र २०८२ साल जेठ १ गते रु. ५,७०,००० गरी जम्मा रु. ६,७०,००० घुस लिएको प्रमाणित भएको अख्तियारले जनाएको छ।
अनुसन्धानबाट यादवले भुक्तानी सम्बन्धी प्रक्रिया अगाडि बढाइदिने शर्तमा घुस मागेको र लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार कैद सजाय र बिगोबमोजिम जरिवाना माग दाबी सहित मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ।
प्रतिक्रिया