काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार संसदभवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुको फितलो टिप्पणी गर्नु उपयुक्त नहुने बताए ।
उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो उहाँहरुको । अरू केही नभएपछि यसप्रकारको आरोप लगाउने कुरा गर्नु उपयुक्त होईन् । यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन । संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा हरेक कार्यमा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरु यसप्रकारको फितलो टिप्पणी गर्नु राम्रो हुँदैन ।’
प्रतिक्रिया