Logo

मुख्य समाचार

नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, लाखौं बाथरोगीको सफल उपचार



काठमाडौं । करिब पाँच लाख बाथरोगी बिरामीलाई सेवा पुर्याइसकेको रातोपुल, काठमाडौंस्थित नेशनल बाथरोग सेन्टरले जेठ २२ गते बिहीबार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।

होटेल रामदा, धुम्बाराहीमा आयोजित वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथिको रुपमा रहेका थिए । समारोहमा सेन्टरका संस्थाका बोर्ड सदस्य, चिकित्सक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो ।

समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक  ढकालले नेशनल बाथरोग सेन्टरले दिएको सेवाको प्रशंसा गर्दै यो रोगका रोगीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताए ।

महानिर्देशक  ढकालले  उनले नेपालमा भिटामिन डिको अभावको बारेमा विभिन्न टिका–टिप्पणी भैरहेको अवस्थामा यस बारेमा बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नु पर्ने आवश्यकता औल्याए । यसका साथै उनले सेन्टरले तयार पारिरहेको सुविधाजनक एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए ।

कार्यक्रममा नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा। बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गरे ।

समारोहमा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रवन्ध निर्देशक कक्षपतिका अनुसार वर्तमान परिपेक्षमा बाथरोगको पहिचार गरी उपचार गर्ने, अनुसन्धान एवं जनचेतना अभिवृद्धि गरी गुणस्तरीय उपचार देशभरी पुर्याउने उदेश्यका साथ स्थापना भई काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट समेत नेशनल बाथरोग सेन्टरले विगत १२ वर्षदेखि सेवा दिइरहेको छ ।

वार्षिकोत्सव समारोहमा संस्थाको विगत १२ वर्षको यात्रा, सेवा विस्तार, प्रविधिमा भएको प्रगति, दक्ष जनशक्ति निर्माण र जनचेतना अभिवृद्धिमा भएको योगदानको विशेष समीक्षा गरियो । समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने सेन्टरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ७ : ३९ बजे