Logo

समाचार

स्वदेशी मह सेवन गर्न मन्त्री अधिकारीको आग्रह



काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताएका छन् ।

छैठौ मह मेलाको विहीबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्पर्धा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथामिकता दिन जरुरी रहेकोमा जोड दिएका हुन् ।

बैक तथा वित्तिय संस्थालाई मौरी किसानहरुमा पनि लगानी गर्न आग्रह गर्दे मन्त्री अधिकारीले मौरी पालकहरुलाई देखिएको चरनको समस्यालाई समाधान गर्न पहल गर्ने पनि बताए । मौरी र महको प्रर्वद्धनका लागि सरकारवाट गर्न सकिने सवै सहयोग गर्न आफु तयार रहेको मन्त्री अधिकारीले बताए ।

स्वास्थ्यका दृष्टिकोणवाट पनि महको नियमित सेवन फाइदाजनक रहेकाले स्वदेशी महको सेवन गरिदिन पनि सवैमा मन्त्री अधिकारीले आग्रह गरे । मह उत्पादकहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्दे मन्त्री अधिकारीले बजारको समस्या विस्तारै हटदै जाने सरकारले पनि पहल गरिरहेको छ बताए ।

हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन भन्दा बढि मह उत्पादन हुने गरेको व्यवसायीहरुले बताएका छन् ।

हाल सरकारले मह आयतमा रोक लगाएको छ । यसबाट मह उत्पादन बढदै गएको छ भने नेपाली महको खपत पनि बढदै गएको छ । विगतमा भन्दा अहिले मन्त्रालय मार्फत सकारात्मक सहयोग प्राप्त भएको मौरी पालक किसान तथा मह उत्पादकहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ६ : ५० बजे