Logo

मुख्य समाचार

रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण



जनकपुर । विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा ६०० वटा विभिन्न प्रकारका विरुवा रोपेको हो ।

पर्यावरण संरक्षण र मेला, सभा, बैठकको बेला रुखमुनी विश्राम गर्न आउनेहरुलाई मध्यनजर गर्दै तिरहुतिया गाछीमा पिपल, बर, आँप, जामुन र पाखरको विरुवा रोपिएको मेयर साहले बताए ।

उनले रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा पौराणिक कालजस्तै बोट बिरुवा रोपेर मर्निङ वाल्क र खेलकुद गर्न आउनेहरुका लागि वृक्षा रोपण अझबढी सहज हुने विश्वास व्यक्त गरे ।

मेयर साहले आगामी दिनमा जनकपुरधामभरि थप एक हजार बृक्षारोपन गरी हरियो जनकपुर बनाउने योजना रहेको जानकारी दिए ।

उनले जिल्ला र जिल्ला आसपास रहेका सामुदायिक वनहरुबाट वृक्षारोपनका लागि आवश्यक सामग्री र जनशक्तिलाई बोलाएर जनकपुरधामभरि एक हजार बिरुवा रोप्ने जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : १४ बजे