मेष
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। तर परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला।
वृष
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
मिथुन
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला।
कर्कट
ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। सहयोगीहरूले साथ दिन छड्नेछन्।
सिंह
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। विभिन्न भौतिक साधन जुटाउने समय छ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। सोचेको उपलब्धि प्राप्त हुनेछ।
कन्या
चिताएको काम काम सजिलै सम्पादन हुनेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कीर्तिमानी कामको यश लिने मौका छ।
तुला
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यापारमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ।
वृश्चिक
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
धनु
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।
मकर
मिहिनेत गर्दा तारिफयोग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ।
कुम्भ
कामको चाप बढ्नेछ भने बन्दै गरेको काममा अवरोध आउन सक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिएला। आक्षेप लगाउनेहरूले दुस्ख देलान्।
मीन
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
प्रतिक्रिया