Logo

समाचार

विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छः गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले  विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिनुभएको हो ।

जुन सुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन,ू उहाँले भन्नुभयो, ूहामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ । विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिनुभयो ।

विपद्को जोखिम न्यनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ,  उहाँले भन्नुभयो ।

अहिले  बाढी(पहिलो र डुवानको जोखिम न्युनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ थियो ।

मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्यो । समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ ।

उहाँले भन्नुभयो यसपटक पहिलेको भन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोशाक, महंगी भत्तामा कुनै समस्या नहुने उहाँको भनाइ थियो । यस्तै नेपाल प्रहरीको ऐन संशोधनका लागि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरु हुने गृहमन्त्री लेखकले बताउनुभयो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ६ : ४१ बजे