काठमान्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले पर्सा जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर राम लखन बनियाँविरुद्ध विशेष अदालत, काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, बनियाँले नियन्त्रणमा लिइएका औषधिजन्य सामग्रीहरू छुटाउने तथा सम्बन्धित कार्यवाही रोक्नका लागि आवश्यक प्रशासनिक सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीसँग रु. २,००,००० घुस लिएका थिए। बनियाँलाई अख्तियारको टोलीले फटुवामा रंगेहात घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो।
अनुसन्धानमा, बनियाँले माथिल्लो तहका पदाधिकारी तथा अन्य संलग्न व्यक्तिहरूसँग मिलेमतो गरी सेवा ग्राहीलाई निर्णय गराउने आदेश गराइदिने आश्वासन दिएको पाइयो। उनले सेवा ग्राहीलाई उक्त रकम लिन दबाब दिएको आयोगको भनाइ छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर मानिने भएकाले उनलाई सोही ऐनअनुसार कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया