काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ३९ रुपैयाँ तोकिएको छ ।
आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्य तरकारीहरूमा गाजर (लोकल) ५० रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, मूला रातो ४० रुपैयाँ, र भन्टा लाम्चो १८ रुपैयाँ र भान्टा डल्लो ३० रुपैयाँ किलो रहेको छ ।
तनेबोडीको मूल्य प्रतिकिलो ५० रुपैयाँ, मकैबोडी प्रतिकिलो ७५ रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ४० रुपैयाँ कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३५ रुपैयाँ, र भिण्डी ३५, पिंडालू १२० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ३५ रुपैयाँ, र तोरीको साग ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ । मेथीको साग १०० रुपैयाँ र प्याज हरियो ६० रुपैयाँ रहेको छ । च्याउ (कन्य) १७० रुपैयाँ, च्याउ (डल्ले) २८० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँमा उपलब्ध हुनेछ ।
फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप (माल्द) ६५ रुपैयाँ, आँप (दसहरी) ७५ रुपैयाँ किलो रहेको छ ।
अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ३५०,तरबुजा (हरियो) ४० रुपैयाँ, र भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १३० रुपैयाँ र लिची (भारतीय) २०० रुपैयाँमा खरिद गर्न सकिनेछ ।
प्रतिक्रिया