काठमाडौं । बालबालिकाहरु बिचको सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का बिजेताहरु थाईल्याण्ड जाने भएका छन् ।
आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमका बिच बिजेताहरु आगामी ६ जुलाईमा करिब आठ देश बिच हुने वल्र्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्व गर्ने जानकारी गराएको थियो ।
प्रतियोगीताको गएको बैशाख १३ गते फिनाले भएको थियो । जसमा मिस्टर नेपाल जुनियर इन्टरनेशनल २०२५ अर्मन महत बन्न सफल भएका थिए भने मिसेस नेपाल जुनियर इन्टरनेशनल २०२५ आइसा ठाकुर बन्न सफल भएकी थिइन् ।
यस्तै मिस लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सोहना दाहालले पाइन् भने मिस्टर लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सक्षम पराजुलीले पाउन सफल भएका थिए । यि चारै जना बिजेताले थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।
मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलको आयोजक संस्था ट्वान्टी फो फ्रेमका सिईओ त्रिलोक बिक्रम थापाले यो प्रतियोगीता एक पेजेन्ट मात्र नभएर बालबालिकाहरुका लागी सिकाईको ठुलो माध्यम रहेको बताए । उनले यस स्टेजबाट धेरै बालबालिकाले धेरै कुरा सिकेर गएको जानकारी दिए ।
प्रतिक्रिया