Logo

Breaking News 1

बजेटमाथि टिप्पणी गर्नु आवश्यकता छैन : अधिवक्ता थापा



काठमाडौं । वरिष्ठ अधिवक्ता महेशकुमार थापाले यस पटकको बजेटको सुन्दर पक्ष स्थायीत्व रहेको प्रतिक्रिया दिएका छन् ।

आ.व २०८२÷०८३ को बजेट समिक्षा विश्लेषणात्मक छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेको भन्दै बजेट स्थायीत्व तिर अघि बढेको बताएका हुन् ।

उनले भने,‘ अघिल्लोे वर्षका बजेट अलि बढि विवादित हुनुपर्ने कारण भनेको करको दर रेटहरु हो । तर यस वर्ष त्यस्तो समस्या देखिएको छैन । यो बजेट स्थायीत्व तिर गएको हो की भन्ने पनि लाग्छ । यो बजेटको स्थायीत्व नै सुन्दर पक्ष हो ।’
उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेकाले यसका कमिकमजोरी माथी टिप्पणी गर्नु पर्ने आवश्यकता नरहेको बताए ।

‘यस पटकको बजेट सापेक्षित राम्रो हो, यो बजेट भाषण सकिने बित्तिकै टार्गेट समुह जून निजी क्षेत्र हो । निजी क्षेत्रले स्वागत गर्दै गरेको हामीले देखिरहेको अवस्थामा यसको कमिकमजोरको टिप्पणी थोरै भएकाले पनि समग्ररुपमा बजेटलाई राम्रो बजेट हो भन्ने बुझ्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ६ : ५१ बजे